भद्रपुर  / पूर्व राजदम्पती प्रधान मन्त्रीको गृह जिल्ला झापा आएका छन् । श्री एयरलाइन्सको जहाजबाट वुधबार दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए ।
राजालाई स्वागतका लागि विहानै देखि सयौँको सङ्ख्यामा आएका समर्थकले पूवराजा रानीलाइ फुलमालले सम्मान गरेका थिए । विमानस्थल आर्लिएका शाह दम्पत्ती सिधै समर्थकको सम्मान लिदै करिब आधा घण्टाको समय खर्चिएर एयरपोर्टबाट बाहिरिएका थिए । उनीहरुको सुरक्षाका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी,साधा पोशाकका प्रहरी,शिव सेना र हिन्दु सेनाले स्कटिङ गरेका थिए । समर्थकले राजा आउ देश बचाउ, नेपाल आमा के भन्छिन ,राजतन्त्र ले भन्छिन, गणतन्त्र मूर्दाबाद लगायतका नारा लगाएका थिए । समर्थको भिडलाइ मिलाउन सुरक्षाकर्मीलाइ हम्मेहम्मे परेको थियो ।
शाह दम्पती एयरपोर्टबाट दमकमा रहेको उनको निवास तर्फ लागेका थिए । उनीहरुको झापा बसाइ केही महिना हुने उनको समर्थकहरुले जनाएका छन् ।