भोजपुर । भोजपुरबाट निर्वार्चित संघिय सांसद सुदन किराती जनताका गुनासो सुन्दै र समस्या खोज्दै गाउ गाउमा पुग्ने गरेका छन् । चुनाव जिते पछि जनप्रतिनिधि गाउ नर्फकने चलन विपरित उनि जनताको घर दैलोमा गुनासो सुन्न र समस्या पहिचान गर्न पुग्ने गरेका हुन् ।

जिल्लाको दुई नगरपालिका र सात गाउपालिकाका जनताका समस्या खोज्दै “जनताको प्रश्न सांसदको उत्तर” कार्यक्रम लिएर जनता संग छलफल तथा अन्र्तक्रिया गरिहेको उनले बताए । उनले भने “ बर्षमा दुई पटक हरेक ६ ÷६ महिनामा जनताका समस्या बुझ्न गाउ गाउमा कार्यक्रम लिएर जाने गरेको छु , गाउघरमा जनताका समस्या धेरै छन, आफुले भोट हालेर पठाएको जनप्रतिनिधी गाउमा आउदा निर्धक्क भएर जिल्लाबासीले आफना समस्या राख्ने गरेका छन ।” नागरिकले राखेका समस्या समाधानका लागि स्थानिय सरकार ,प्रदेश सरकार र संघिय सरकार संग पहल भइरहेको उनले बताए । सांसद किरातीले पछिल्लो समय हतुवागढी गाउपालिकाका सबै वडाको पन्ध्र ठाउमा पुगेर मतदाता संग छलफल गरेका छन् । एक महिना सम्म भएको कार्यक्रममा पौवादुम्मा गाउपालिकाको सबै वडामा समेत जनताको प्रश्न सांसदको उतmर कार्यक्रम गरिएको उनले जानकारी दिए ।

सांसद किरातीले गत बर्ष पनि जिल्लाको ९ वटै स्थानिय तहका ८१ वटा वडामा पुगेर जनताका समस्या समाधान , विकाश र समृद्धी लगाएत बिषयमा छलफल गरेका थिए । जनतालाई विश्व विद्यालय ठान्ने सांसद किरातीले आफनो कार्यक्रम नेपालकै पहिलो भएको दावी गर्दै निरन्तर रुपमा भोजपुरे जनता संग प्रत्यक्ष भेटघाट अन्र्तक्रिया गरिरहने बताए । उन्ले भने “जनताबाट मैले पनि धेरै कुरा सिकिरहेको छुु ,नेताका लागि जनता विश्वविद्यालय हुन , विश्वविद्यालयमा गए पछि धेरै कुरा सिकिदो रहेछ , जनताका दुःख सुखका कुरा सुन्दा खुसी लागेको छ , चुनाव जिते पछि काठमांडौ केन्द्रित हुने नेताहरुको बानी हटाउनु पर्छ ।”

अभियानका क्रममा केन्द्र ,प्रदेश र स्थानीय सरकारको भूमिकाको विषयमा जनताले जिज्ञासा राखेको उनले बताए । कार्यक्रमले जनप्रतिधि र जनता बीचको सम्बन्ध सुमधुर बनाउदै भ्रष्टचार , ढिलासुस्ती , अनियमितता लगाएत घट्ना समेत न्युनिकरण हुदै गएको उनले दावी गरे । जनताको घरदैलोमा पुग्दा बृद्ध बृद्धा ,अशतm बढि खुसि भएको उनले सुनाए ।

जनताको पहिलो समस्या बादर आतंक

जनताका समस्या खोज्दै गाउ पुगेका सांसद किरातीलाई बादर आतंकबाट मुतm गराउन स्थानियले आग्र्रह गरेका छन । बादरका कारण बसाई सर्ने अवस्था सृजना भएको भन्दै उनिहरुले बादर धपाई दिन सांसद किरातीलाई आग्र्रह गरेका हुन । पछिल्लो समय जिल्लाको अधिकांश ठाउमा बादरले किसानका अन्नवाली सखाप पार्न थाले पछि उनिहरु आजित भएका छन । बादरको समस्या संगै खानेपानीको समस्या समाधान गर्न पनि जनताले आग्र्रह गरेका छन् ।

गाउँमा स्वास्थ्य संस्था बाट जनतालाई दिईने सेवाको अवस्था पनि नाजुक भेटिएको छ । स्वास्थ्य सेवाको अवस्था नाजुक भेटे पछि स्थानिय सरकार संग स्वास्थ्यमा नागरिकको पहुच पुर्याउन सचेत गराएको सांसद किरातीले बताए । स्थानिय सरकारको प्राथमिकतामा सडक र बिद्युत मात्र परेकाले पनि बादरको समस्या , खानेपानी अभाव र स्वास्थ्य सेवामा जनताले दु ः ख पाईरहेको उनको बुझाई छ । जनताको माग अन्र्तगत सडक र विजुली भने तेश्रो नम्बरमा रहेको उनले जानकारी दिए । गाउमा जनताले भोगिरहेका समस्या समाधानका लागि संसदमा जोडदारका साथ कुरा उठाउने सांसद किरातीले बताए ।

जनताको घरदैलेमा सांसद पुगे पछि स्थानिय खुसी

जनताका समस्या खोज्दै गाउ घरमै सांसद किराती पुगे पछि जिल्ला बासी खुसी भएका छन । आफु निर्वाचित भए पछि निरन्तर जनता संग जोडिदै आएकाले उनिहरु खुसी भएका हुन । चुनाव जिते पछि जनताको दु ः ख सुखमा जोडिने नेता किराती मात्र भएको हतुवागढी गाउपालिकाका स्थानिय विश्व राईले बताए ।

उनले भने “आज सम्म चुनाव जितेका नेता जनताका हरेक समस्या खोज्दै गाउ चहार्दैै हिडेको देखेको थिईन , तर सांसद किराती गाउमै आएर हामी संग समस्या के छ मेरो तर्फबाट के गर्नु पर्छ भन्दै आउछन , जनताका समस्या समाधान, विकाश र समृद्धिको कुरा हुन्छ , नेता भनेको त यस्तो हुनु पर्छ , हामी अत्यन्तै खुसी छौ । ” अर्का स्थानिय ज्ञानेन्द्र राई पनि सांसद किरातीको जनता संग प्रत्यक्ष भेटघाट गर्ने बानी प्रति खुसी छन् । चुनाव जिते पछि मन्त्री , सांसद र नेतालाई भेटन समय माग्नु पर्ने चलनको ठिक उल्टो सांसद किराती जनतालाई भेटन गाउ गाउमा पुगे पछि राई लगाएत जिल्ला बासी खुसी भएका हुन ।