लक्ष्मीमार्ग । सुन्दरहरैंचाको बिराटचोक स्थीत नेपाल मुस्लिम युवा समुहको आयोजनामा शनिबार देखि प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रस्ताबीत इन्द्रपुर रंगशालामा सुन्दरहरैचा ९ मा पुस ५ गतेसम्म हुने उक्त प्रतियोगितामा ८ ओटा टिम सहभागी हुने भएका छन् । बिहीबार पत्रकार सम्मलेनमा बोल्दै आयोजक समितिका अध्यक्ष इफ्तर आलमले २० लाख ६६ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको बताए । आलमका अनुसार प्रतियोगिताको विजेता टिमले शिल्डको साथमा नगद २ लाख तथा उपविजेताले शिल्डको साथमा नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, म्यान अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट फरवार्डलगायतका विभिन्न विधामा पनि पुरस्कार रहेको आयोजकले जानाएको छ ।

खेल संयोजक तारिक अन्वरका अनुसार पीएलओ लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा मोरङ जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने भएको छ । प्रतियोगिताको उद्घाटन खेल डाँगीहाट युथ क्लब मोरङ र बराहक्षेत्र फुटबल क्लब सुनसरीबीच हुने भएको छ । धनकुटा फुटबल क्लब, नेपाल मुस्लिम युवा समूह विराटचोक, गाईघाट फुटबल क्लब उदयपुर, भाङबाडी फुटबल क्लब झापा, सशस्त्र प्रहरी बल पूर्वाञ्चल र ब्राइट स्पोर्टिङ क्लब सिलिगुढी भारत रहेका छन् ।