भोजपुर / जिल्ला सदरमुकाममा तेस्रो भोजपुर मेयर कप पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता भोजपुर नगरपालिकाको प्रायोजन तथा जिल्ला फुटबल संघ भोजपुरको आयोजनामा बुधवारदेखि सुरु भएको हो । प्रतियोगीताको औपचारीक उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले खेलाडीलाई फुटबल हस्तान्तरण गरे । पुस ३ गते सम्म सञ्चालन हुने प्रतियोगीताको विजेताले नगद ५ लाख र उप विजेताले ३ लाखसहित मेडल, ट्रफी र प्रमाण पत्र पुरस्कार पाउने जिल्ला फूटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । स्थानिय भोजपुर टुडिखेलमा भैरहेको तेस्रो मेयर कपमा १५ टिमको सहभागीता रहेको छ ।