धरान/ राष्ट्रिय दलित पत्रकार संघ, नेपालको सुनसरी जिल्ला शाखाको प्रथम भेलाबाट दिनेश गजमेरको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

नव गठित समितिको उपाध्यक्षमा शान्ति गजमेर, सचिवमा विनोद दर्नाल, सहसचिवमा बिमला विश्वकमा, कोषाध्यक्षमा शकुन्तला त्रिखत्री रहेका छन् ।

यसै गरी अन्य सदस्यहरुमा भीम लामिछाने, उषा परियार, प्रमोद पोर्तेल, भुमिका रसाइली, लोकेन्द्र अछामी, विनोद रसाइली, नविन रम्तेल, सुविन विश्वकर्मा, मनिषा विश्वकर्मा, खिलानाथ विश्वकर्मा रहेका छन् ।

भेलामा संविधानसभा सदस्य अनिता परियार, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्की, धरान उपमहानगरपालिका दलित विकास समिति संयोजक किशोर परियार, परियार सेवा समाज जिल्ला सुनसरी अध्यक्ष खगेन्द्र परियार ,मरिक सेवासमाजका अध्यक्ष रामधारी मरिक ,बिश्वकर्मा कल्याण्कारी समाजका अध्यक्ष केदार बराइलीलगायतको उपस्थिती रहेको थियो ।