विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले उद्यौली पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किँरात समुदायको महान पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री राईद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, यहाँ मनाउने उद्यौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।
यस्तै हिजो नै शुभकामना सन्देश जारी गदैंं सभामुख भण्डारीले सबै प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गर्ने यस्ता चाढले प्रदेशवासीको सांस्कृति सदुभाव बढाएको बताएका छन् ।
धार्मिक तथा सांस्कृतिक विविधतायुक्त प्रदेशका यसता चाढले एकता, सामाजिक सद्भाव बढाएको उल्लेख छ ।