ब्लाष्टखबर। २ –१ गाेल अन्तरले भुटानलाई हराउँदै पुरुष फुटबलको स्वर्ण नेपालले हात पारेकाे छ । 

आज (मंगलबार) भएकाे १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतकाे पुरुष फुटबलको फाइल खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।  दशरथ रंगशालामा भएको फाइनल  खेलकाे १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको नेपाल ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गाेल फर्काएसंगै बराबरीमा फर्कीएकाे थियाे ।

दाेस्राे हापमा हेड मार्फत पुन: नेपालकाे तर्फबाट सुनिल बलको गोल गरेसंगै पुन: अग्रता लिएकाे नेपाललाई राेक्न भुटानकाे तर्फबाट प गोल हुन सकेनपछि नेपालले भुटानलाई २-१ ले हराउँदै पुरुष फुटबलको स्वर्ण विजेता बनेकाे हाे ।