भद्रपुर / महान्यायधिवक्ता अग्नी प्रसाद खरेलले ‘गरिबलाई ऐन धनीलाइ चैन’ भन्ने परिपाटी लोकतन्त्रमा लागू नहुने बताएका छन् । यस्तो भनाइ आजको समयमा साचो हैन भन्ने पुष्टि गर्नलाइ कोशिष गरिरहेको उनले उल्लेख गरेका छन् ।
जिल्ला सरकारी वकिलको नव निर्मित भवनको आइतबार विहान उद्घाटन गर्दै पूर्व कानून मन्त्रीसमेत रहेका खरेलले यस्तो धारणा अघि सारेका हुन् । नेपालमा रहेका ठूला व्यक्ति नै किन नहुन उनीहरुले कानूनको मातहातमा बस्नु पर्ने घटनाक्रममले देखाइसकेको उनले बताए । ठूला खाले मानिसलाई पनि कानूनले कैद गराउने उनको भनाइ थियो । लेख्ने बेलामा कानून सवैका लागि समान हुने भन्ने अनि व्यवहारमा ठूला –ठूला मान्छेका व्यवहार अर्कै ढङ्गले बिक्ने र गरिबले प्रमाण पुर्याए पनि सुनुवाइ नहुने जस्ता कुरा अब हुन नसक्ने उनको भनाई थियो । मुलुकमा परिवर्तन आइसकेकोले शब्दमा नभइ व्यवहारमा लागू भइसकेको उनको भनाइ थियो । जस्तो सुकै मान्छे भए पनि कानूनको दायरमा आउने गरेको उनले बताए । कसैको पक्ष पोषण आवश्यक नभएको उनको धारणा थियो । मान्छे पक्राउ पर्ने वित्तिकै भनसुन गर्ने कुरा अव आवश्यक नभएको उनले बताए । भनसुन गर्नुभन्दा अनुसन्धानमा सहयोग पुर्याउन जनप्रतिनिधिलाई उनले निर्देशन दिए ।
पत्रकारले घटनामा संलग्न नभएकै मान्छेलाई कसरी प्रमाणित गरेर लेख्नु हुन्छ ? सोचेर मात्र मान्छेको नाम किटान गर्न उनले अनुरोध गरेका थिए । समाचार सम्प्रेषणका कारण अपराधीले उन्मुक्ती पाउने गरेको उनले बताए । थुनेर मात्रै अनुसन्धान हुनसक्ने प्रहरीको परिपाटी जायज नभएको उनले बताए । ‘ अपराधीलाई प्रमाणले बाध्ने हो सिक्रीले क्षणिक मात्र हो ।’–उनले भने –‘ गलतमाथि अभियोग नलगाउनुस पत्रकारले लेखिरहे पनि केही हुने छैन ।’
समाजमा छाउपडी प्रथाले अन्धविश्वास सोच भएका कारण अकालमा महिलाको ज्यना गइरहेकोलाइ कानूनलाइ लागू गर्ने तयारीमा रहेको उनले बताए । छाउपडीमा जाने र पठाउने दुवैतर्फलाइ अनुसन्धानको दायरमा ल्याउने उनको भनाइ छ । प्रहरीले सवैखाले घटनालाइ मुद्दा चलाउन सरकारी वकीललाइ पठाउने र सरकारी वकीलले अदालतलाई पठाउने मुद्दामा विचार पुर्याउन उनले बताए । अदालतले नठहराउने मुद्दालाई मुद्दाको रुपमा नलैजान प्रहरी र सरकारी वकीललाई निर्देशनसमेत दिए । प्रभावमा परेर सरकारी अधिकृतले अभियोजन निर्माण गरे भने निर्दोष पर्न सक्ने उनले बताए ।