Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • उपनिर्वाचनमा ३३ आचारसंहिता उल्लङ्घन : इन्सेक

उपनिर्वाचनमा ३३ आचारसंहिता उल्लङ्घन : इन्सेक

alt
  • मंसिर २०, २०७६
  • रासस
 
ब्लाष्टखबर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा आचारसहिंता उल्लङ्घनका ३३ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा सबभन्दा बढी राजनीतिक दलबाट आचारसंहिता उल्लङ्घन भएको पाइएको उल्लेख छ ।
 
राजनीतिक दलबाट १५, जनप्रतिनिधिबाट पाँच, निर्वाचन कार्यालयबाट पाँच, स्थानीय तहबाट एक र अन्यबाट सात वटा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएको पाइएको हो । इन्सेकले गरेको अनुगमनबाट आचारसंहिता उल्लङ्घनमा कुटपिट आठ, बालबालिका प्रयोग सात, भोजभतेर र माइकिङ एक/एक, विस्फोटन दुई, सरुवा एक, सार्वजनिक पद धारण गरेको व्यक्तिबाट पाँच र अन्य छ वटा भएको जनाइएको छ ।
 
“आचारसंहिताविपरीत काम भए कारवाही गर्ने अधिकार कानूनले निर्वाचन आयोगलाई प्रदान गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष असाध्यै फितलो पाइयो”, प्रतिवेदनमा भनिएको छ, “आचारसंहिता विपरीत गतिविधि भए उजुरी गर्ने व्यवस्था भए पनि छानबिन र दोषीलाई कारवाही गर्ने कार्यमा आयोग निरीहजस्तै देखियो ।”
 
प्रतिवेदनमा इन्सेकले निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई कारवाहीको दायरामा ल्याउनुपर्ने र भड्किलो चुनाव खर्चमा कमी ल्याउन राजनीतिक दलको चुनावी खर्चको व्यवस्थापन निर्वाचन आयोगले गर्न सुझाव दिइएको छ ।
 
प्रतिवेदनमा राजनीतिक दललाई आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने निर्वाचनसम्बन्धी कार्यक्रम विद्यालयमा नगर्ने प्रतिबद्धताको पूर्ण परिपालना गर्नुपर्ने र निर्वाचन खर्च मितव्ययी बनाउनुपर्ने सुझाव दिइएको छ । यही मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५२ स्थानमा उपनिर्वाचन भएको थियो ।
सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अख्तियार इटहरीबाट १९ सय ५३ वटा उजुरी फछ्र्यौट
उद्योगमा विद्युत् कटौतीः रिलायन्स मिल ठप्प हुँदा ४ हजार मजदुरको रोजगारी सङ्कटमा
अविरल वर्षाले देशभरको जनजीवन प्रभावित
राजनीतिक अन्यौलतालाई दलहरूले सहज निकास नदिए अर्को सङ्कट आउन सक्छ: बौद्धिक वर्ग
बादल मडारिँदा किसान त्रासमा
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
जङ्गलमा कार लगेर चालकद्वारा आगजनी
‘मुन्धुम यक्’ पुग्ने मुन्धुम पदमार्ग
बैङ्किङ सेवाका प्रणालीगत कमजोरी सुधारौं
आजको राशिफलः २०८२ साल कात्तिक १४ गते शुक्रबार
बैङ्कका कारण मानसिक तनावमा ऋणी
अदालतको नक्कली कागजपत्र खडाः जागिरको सूचना आह्वान गरी ठगी धन्दा
यो बेला सोचेर सरकार अगाडि बढोस्
आजको राशिफलः २०८२ साल कात्तिक १३ गते बिहीबार
विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गरौँ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved