Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • नेपालबाट माल्दिभ्स पराजित

नेपालबाट माल्दिभ्स पराजित

alt
  • मंसिर २०, २०७६
  • ब्लाष्ट खबर
 
ब्लाष्टखबर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । जीतको लागि नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभारमा ६ विकेट गुमाएर ७९ रनमा समेटियो ।
 
माल्दिभ्सका लागि मोहमद आजमले सर्वाधिक १७ रनको योगदान दिए भने मोहमद रिस्वानले १३ तथा अलि इभानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालले सुशन भारी र ललित राजवंशीले समान दुई/दुई विकेट लिए भने पवन सर्राफले १ विकेट हात पारे । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रनको योगफल बनाएको थियो ।
 
नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । १६ बल खेलेको उनले ६ चक्का र २ चौका प्रहार गर्दै अविजित ४० रनको योगदान दिएका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । उनले ३६ बल खेल्दै २ चौकाको मद्वतमा ३९ रन जोडेका हुन् । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९÷१९ रन जोड्दा आरिफ शेखले १७, पारस खड्काले ११ तथा रोहित पौडेलले १० रन जोडे । बलिङतर्फ माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे ।
 
यसअघि नेपालले खेलेको दुई खेलमा एक खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो । नेपालकी कोइराला सेमिफाइनलमा सागअन्तर्गत टेनिसको महिला एकल विधामा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा पुगेका छन् । सात दोबाटोस्थित टेनिस कोर्टमा आज भएको क्वाटरफाइनल खेलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७–५ र ६–१ ले पराजित गर्दै सेमिफाइनमा पुगेका हुन् ।
 
यससँगै उनको कास्य पदक पक्का भएको छ । सोही विधामा नेपालका अन्य खेलाडी भने क्वाटरफाइनलमै समेटिए । नेपालकी सलोनी तामाङ भारतकी सौजन्या भावी सेटीसँग ६–२ र ६–३ ले पराजित भए । त्यस्तै आजै भएको पुरुषको एकलतर्फको विधामा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वाटरफाइनलमा पराजित भए। प्रणव पाकिस्तानका मोहम्मद मुर्तजासँग ६–० र ६–१ ले पराजित भए भने संरक्षक भारतका मनिष सुरेश कुमारसँग ६–० र ६–० ले पराजित भए।
सम्बन्धित समाचार
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

विजयपुर । नेपाल सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेप ...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

विजयपुर । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक् ...

लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्नुः गृहमन्त्री गुरुङ

विजयपुर । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रण ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्नुः गृहमन्त्री गुरुङ
आर्थिक समृद्धिको आधार जडीबुटी: प्रशोधन र 'ब्रान्डिङ'मा जोड
९० प्रतिशत जडिबुटी कच्चा रूपमै निर्यात
बूढीगङ्गामै अन्तर्राष्ट्रिय मापदण्डको स्लाइन उद्योग
नक्कली नम्बर प्लेटका गाडी नियन्त्रणमा
खाडी राष्ट्रमा बस्ने नेपाली महँगीको मारमा
यातायात कार्यालयका प्रमुखले पाए सफाइ
आजको राशिफलः २०८२ साल चैत २९ गते आइतबार
‘शून्य बाँकी फाइल अभियान’: चैत ३० देखि वैशाख ७ गतेसम्म मनाइँदै
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अस्पताल सेवा सुधार कार्यविधि जारी
वैदेशिक रोजगारीको प्रलोभनमा एकानब्बे लाख नब्बे हजार ठगी
चौबिस घण्टाभित्र विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved