रंगेली । आँखा नदेख्दा रंगिन संसार अधुरो हुन्छ । कान नसुन्ने मधुर संगितबाट विमुख हुन्छ । तर, दुबै नहुनेको जिवन कति कष्टकर हुन्छ । उनीहरुको लागी यो संसार कस्तो हुन्छ ? उनीहरुको जीवन कति कष्टकर हुन्छ ?
यस्तो समस्या भएका बालबालीकाको दैनीक जीवनलाई सहज बनाउने काम मोरङमा सुरु भएको छ । मोरङमा श्रवण–दृष्टिविहिन बालबालीकोको खोजी,पहिचान र सिकाइको काम भइरहेको छ । पहिलो चरण्मा अहिले १० जना बालबालीकाको दैनिक व्यवहारमा सुधारको काम भइरहेको कार्यक्रम संयोजक प्रसान्त दुलालले जानकारी दिए ।
राष्ट्रिय बहिरा महासंघको सहयोगमा कोशि बहिरा संघले कार्यक्रम संचालन गरिरहेको छ । ‘अहिले मोरङका १० जना बालबालीकाको दैनिक जीवन संचालनको लागी सहयोग गर्दैछौ ।’– कार्यक्रम संयोजक प्रसान्त दुलालले भने ।
खान,हिडन,उठेर बस्न नजान्ने कुज्जिएको अवस्थामा रहेका बालबालीकालाई दैनिक व्यवहार सिकाइ रहेको एजुकेटर(प्रशिक्षक) गोमा कार्कीले बताई । उनीहरुलाई स्पर्स र गन्धको माध्यमबाट सिकाउने गरेका छौ । शरिर कुज्जिएका बालबालीकालाई थेरापी पनि गराउने गरिएको उनले बताई ।
अहिले उनीहरु आफै खान सक्दैनन पहिला खान सक्ने बनाउने उद्देश्य भएको कार्कीले बताइ । उनीहरुलाई दैनिक व्यवहारका स–साना कुरा खान,ब्रस गर्न,सौचालय जान जस्ता कुरा सिकाइ रहेको उनले बताई । त्यसैगरी उनीहरुलाई गन्ध र स्पर्सको माध्यबाट विभिन्न कुरा चिनाउने काम पनि भइरहेको उनले बताई ।
व्यवहार सुधार गराइ रहेका बालबालीकाकाहरुमा सुन्दर हरैचा नगरपालीकाका ३,बोलबारी नगरपालीकाका १ ,सुनवर्षी नगरपालीकाका २,विराटनगर महानगरपालीकाका २ र विराटबहिरा माविका २ गरि १० जना छन् ।
बालबालीकामा यस्तो समस्या गर्भ अवस्थामा रुवेला भाइरस लागेमा,त्यसैगरी डाउसिन्ड्रम रोगलागेमा ,वंशाणुगत कारणले साथै मानसीक र शारिरीक कारणले यो समस्या आउने देखिएको संयोजक दुलालले बताए । नेपालमा २०६८ सालको जनगणना अनुसार ९ हजार ७ सय १४ जनामा यस्तो समस्या देखिएको थियो । जुन नेपालको कुल जनसंख्याको ०.०३७ प्रतिसत हुन आउछ । ०६८ को जनगणना अनुसार मोरङ यो समस्या भएका २सय ५४ जना भेटिएको दुलालले बताए । जसमा महिला १ सय ६ जना र पुरुष १ सय ४८ जना रहेको उनले बताए ।
संयोजक दुलालका अनुसार नेपाल सरकारले शारीरिक अङ्ग वा प्रणालीमा भएको कठीनाइको आधारमा अपाङ्ग १० प्रकारका रहेका छन् । जसमा शारीरिक,दृष्टि सम्बन्धि,सुनाई सम्बन्धी,श्रवण दृष्टिविहिन,स्वर र बोलाई सम्बन्धि,मानसीक वा मनोसामाजीक,अनुवंशीय रक्तश्राव(हेमोफेलीया) सम्बन्धि,बौद्धिक,अटिजम सम्बन्धी र बहु अपाङगता रहेका छन् ।
त्यसैगरी सरकारकाले गम्भिरताको आधारमा ४ भागमा आपङगतालाई विभाजन गरेको छ । जसमा असक्त अपाङगता भएका पर्छन । उनीहरुलाई सरकारले रातो कार्ड भएको परिचय पत्र दिएको छ । अति असक्त अपाङता भएकालाई निलो कार्ड दिएको छ । मध्यम अपाङगता भएकालाई पहेलो र सामान्य आपाङगतालाई सेतो परिचय पत्र प्रदान गरिएको छ ।
श्रवण दृष्टि विहिन भएकाको लागी स्वस्थ्य जिवन कार्यक्रम मोरङमा संचालन भएको ६ महिना भयो । अझै त्यस्ता बालबालीकाको खोजी पहिचानको काम पनि भइरहेको संयोजक दुलालले बताए । उनले कम्तीमा १० जना भन्दा माथि जति पनि बालबालीको व्यवाहार सुधारको काम गर्ने बताए ।































