धरान / मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्तरगत बागलुङको बडिगाडमा जिप दुर्घटना भएर मृत्यु हुनेहरुको सनाखत भएको छ । गुल्मीको ईश्माबाट बागलुङको निसिखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ भगेर्ना कोप्चेमा जिप दुर्घटनामा भएको थियो ।
त्यस्तै तीन जना गम्भिर घाईते र १ जना बेपत्ता भएका छन । घाईतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ । घाइते लिनका लागि पूर्व मन्त्री गोकर्ण विष्ट नेपाली सेनाको हेलिकप्टर लिएर घट्ना स्थल पुगेका थिए ।
ए । जिपमा सवार १८ जना मध्ये ९ जना महिला, ४ जना पुरुष र १ बालक सहित १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्र भट्टराईले जानकारी दिए ।
सडकबाट पाँच सय मिटर तल बडिगाड खोलामा खसेको थियो । मृत्यु अधिकाशं एउटै गाउँका रहेका छन । घाइते मध्ये नवलपरासी वर्दघाट २ का २२ बर्षिय जीवन कार्की, गुल्मी ईश्मा गाउँपालिका ४ बस्ने ४ बर्षिय बालक हिमाल कार्की, सोही स्थानकी २४ बर्षिय निमा केशीलाई काठमाडौ लगिएको छ ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको बायोखोला जाँदै गरेका यात्रुहरु रहेको प्रहरीले बताएको छ ।
मृत्यु हुनेहरुको नामवली
१. जिप चालक २५ बर्षिय रेशम थापा(२५), गुल्मीको ईश्मा गाउँपालिका – ५
२. बर्षीय सूचना कार्की(३०)
३ं बसुन्धरा कार्की(४०)
४ं. माया थापा(२३) ,
५. मुमा कार्की(६०),नवलपरासी वर्दघाट –२
६. लक्ष्मी केसी(५५) बागलुङ वडिगाड गाउँपालिका– ५
७. सीता कार्की(४०), इश्मा गाउँपालिका– ४
८. अनुसा कार्की(२),
९ं झवी कार्की(६०)
१०. महेन्द्र कार्की(४०)
११. भूमस् कार्की(४५)
१२. मीना वस्नेत(२५)
१३. धनबहादुर कार्की(६५)
१४. धनबहादुर कार्कीे(६५), कञ्चनपुर जिल्ला