ब्लाष्टखबर । पाँचथरकाे फाले फालेलुङ गाउँपालिका–३, मेमेङमा रहेकाे आगलागी हुदाँ ८५ बर्षिया बृद्धाकाे मृत्यु भएकाे छ ।
सोमबार राती एक्लै बस्दै आएकी ८५ बर्षिया बृद्धा टंकरानी थाम्सुहाङकाे घरमा आगलागी हुँदा उनकाे ज्यान गएकाे हाे । मध्यराती आगो नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेपछि मात्र छिमेकीले थाहा पाएपछि आगलागि भएको घर सरसफाई गर्ने क्रममा उनको शव जलेको अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएकाे छ ।































