धरान / धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६७०९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दैंआएको धरानमा तिलक राइले इतिहास बनाएका छन् । २७९५ मतान्तरणले जित हासिल गरेका हुन । निर्वाचन आयोगकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।
धरानलाई बामपन्थीहरुको लालकिल्ला मानिदैं आएका थियो । मनमोहन अधिकारी, कुन्ता शर्मा, लिला सुब्वा श्रेष्ठलगायतले यही धरानबाट चुनाव जितेका थिए ।
गत २०७४ सालका स्थानीय तहको निर्वाचनमा एमालका तारा सुब्वासँग ४ हजा रमतान्तरले हारेका राईले यो पटक झिलो मतले भए पनि जित हासिल गरेर कम्युनिष्टको लालकिल्ला तोडेका छन् ।
जित पछि राईले आफुले लालकिल्ला तोडेको नभई सबै धराने जनताले आफुलाई विजयी गराएको प्रतिक्रिया दिएका छन् । ‘अव धरानलाई भ्रष्टचारमुक्त शहर बनाउने अभियान चलाउने छु । सबैसँग सहकार्य गरेर धरानको विकास मेरो पहिलो प्राथमिकता हुने छ ।’
राईले यस अघि चुनावी सभामा जनताको प्रतिनीधि भएर काम गर्ने र जनताको सेवा गरे वापत कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।
को हुन तिलक राई
राई २०४८ सालदेखिपार्टीमा आवद्ध रहि वडा समिति हुदें २०५३ सालमा नेविसंघको नगर सचिव भएका थिए । २०५५ सालमा तरुण दल सुनसरीको सभापति भएको थिए । उनले २०६१ सालमा पार्टीको नगरसचिवको जिम्मेवारी पाए भने २०७३ सालको १३ औंं महाधिबेशन पछि नगरसभापति निर्वाचित भएका थिए । उनी यातायात व्यवसायी समेत हुन ।
पहिलो हार र दोश्रो जितको संयोक
राई किरात राई यायोख्खाको केन्द्रीय निवर्तमान अध्यक्ष हुन । अघिल्लो निर्वाचनमा यायोख्खामा हार व्यहोरेका थिए । सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमासमेत पहिलो पटक हारे पछि दोश्रो निर्वाचनमा जित हासिल गरेका थिए । यस्तै २०७४ को स्थानीय तहमा मेयरको टिकट पाउदा स्व तारा सुब्बासँग ४हजार मतले हारेका थिए । यो उपनिर्वाचनमा उनी २७९५ मतान्तरले नेकपाका प्रकाश राईलाई हराएका छन् । धरान उपमहानगरले एउटा सालिन र प्रष्ट विचार भएकोे जनप्रतिनीधि पाएको कांग्रेसका नगर नेता प्रेम पराजुलीले बताएका छन् ।