देउराली । धरान उपमहानगरपालिकाकाे मेयर पदमा भएकाे उपनिर्वाचनमा १९ वटा वडाकाे ५३,५१७ मत गणना भइसमक्दा नेकपा २,६०२ मतले पछि परेकाे छ । हाल सम्म नेपाली कांग्रेसले २५,९९५ मत प्राप्त छ भने नेकपाले २३,३९३ मत प्राप्त गरेकाे छ ।
अहिले वडा नं ७ को अध्यक्ष पदसहितको मतगणना भइरहेको छ । तेस्रो स्थानमा संघीय लिम्बुवान मञ्चले ११,२६ मत पाएको छ भने ६२५ मत ल्याएकाे समाजवादी पार्टी चौथो स्थानमा रहेकाे छ ।
































