धरान / धरान उपमहानगरपालिकाको मेयर पदमा भएको निर्वाचनको २० देखि १२ नं वडासम्म गणना गर्दा काग्रेसले अग्रता कायमै राखेको छ । नेकपाको प्रकाश राईले १२६९१ मत ल्याउदा तिलक राईले १३४४३ मत पाएका छन् । तिलकले ७५२ मतको अग्रता छ ।
अहिले ११ नं. वडाको मत गणना भइरहेको छ । १ नंं वडादेखि १० नं. वडासम्म गणना गर्न बाँकी रहेको छ । अघिल्लो निर्वाचनमा ठूलो मतपरिणामले विजयी हुदैं आएको नेकपा यस पटक आफ्नो पकट वडाहरुमा मत घटाएको छ । स्थानीय जनप्रतिनीधिहरुको काम कारवाहीबाट जनता आजित भएर उपनिर्वाचनमा नेकपालाई मत नदिएको काङ्ग्रेस कार्यकर्ताहरुले बताउदैं आएका छन् ।