देउराली । धरान १३ अमहाट नजिकै यात्रुवाहक सुमो दुर्घटना हुदाँ ८० वर्षीय वृद्धमहिला सहित ४ जना घाइते भएका छन् ।

धरानबाट तेह्रथुम तर्फ जादैगरेको को १ झ २८९२ नम्बरको यात्रुबहाक सुमो अम्बरहाट नजिकै सडकमा रहेको अर्को सवारीलाई ओभरटेक गर्ने अनियन्त्रीत भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

९ जना यात्रु रहेको उक्त सुमोमा तेह्रथुम खच्चामारा बस्ने वर्ष ८० कि भिमरानी लिम्बु सहित ४ जना सामान्य घाइते भएको कार्यालयले जानकारी गराएको छ ।