धरान । प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहका रिक्त रहेको पदमा शनिबार भएको चुनावी मतपरिणाम आउने क्रम जारी रहेको छ ।
जस अन्तर्गत अधिकांस क्षेत्रमा नेकपाको उम्मेदवारले विजय हासिल गरिरहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ । हालसम्म वडाध्यक्ष पदको मात्रै नतिजा आइरहेको छ । त्यस्तै काङ्ग्रेसले ११ स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ स्थानमा जित हासिल गरेको छ । यता समाजवादी पार्टीले २ स्थानमा मात्रै जितेको छ ।
हालसम्मको परिणाम अनुसार नेकपाले खाँदबारी नगरपालिका ३ नम्बर वडामा भरकुमार घिमिरे विजयी बनेका छन् । उनले ७१६ मत प्राप्त गर्दा कांग्रेसका विक्रम गुरुङले ४६७ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै खोटाङको साकेला गाउँपालिका–३ मा शिवकला राईले ३९१ मत प्राप्त गर्दै विजयी बनेकी छन् । कांग्रेसका शुक्रबहादुर तामाङले ३४७ मत प्राप्त गरे । यता सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा राजपाकी प्रमिलादेवी यादव विजयी बनेकी छन् ।
उनले ५४० मत प्राप्त गर्दै विजयी बनेकी हुन् । महोत्तरीको बलवा नगरपालिका–२ मा कांग्रेसका विपिन पजियार सुडी विजयी बनेका छन् । उनले ४६१ मत प्राप्त गर्दा राजपाका वृजलाल साह सुडीले ३५२ मत प्राप्त गरेका थिए । त्यस्तै महोत्तरीको मटिहानी नगरपालिका–६ मा राजपाका रामबाबु नायक ३७५ मत प्राप्त गर्दै विजयी बने । सर्लाहरकिो हरिपूर्वा नगरपालिका–१ मा समाजवादी पार्टीका श्यामबाबु राय ३४७ मत प्राप्त गर्दै विजयी बने । त्यस्तै रौतहटको गढिमाइ नगरपालिका–२ मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गर्दै विजयी बनेका छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टीका रुपलालकुमार यादव १०३१ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा नेकपाका कूलबहादुर बस्नेतले ७६९ मत प्राप्त गर्दै विजयी बने । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा नेकपाका केदारनाथ आचार्य ७२१ मत ल्याएर विजयी बने । त्यस्तै काभ्रेपलाञ्चोकको धूलिखेल नगरपालिका–२ मा नेकपाका उम्मेदवार देवप्रसाद कोइराला ८६७ मत प्राप्त गर्दै विजयी बने । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा नेकपाका शिवभक्ति बलामी ६१८ मत ल्याउँदै विजयी बनेका छन् ।
चितवनको खैरहनी नगरपालिका–४ मा कांग्रेसका देवबहादुर बस्नेत ११३८ मत ल्याएर विजयी बने । खैरहनी–५ मा कांग्रेसका प्रतिमा कार्की ८४२ मत ल्याएर विजयी बने । लमजुङको सुन्दरनगर नगरपालिका–२ मा नेकपाका नवीकुमार श्रेष्ठ ९८९ मत ल्याएर विजयी बने । बाग्लुङको बडिगाड गाउँपालिका–२ मा नेकपाका ढालप्रसाद शेरचन ७०४ मत ल्याएर विजयी बने । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ मा कांग्रेसका शोभाखर खनाल ११५९ मत ल्याएर विजयी बनेका छन् ।
प्युठानको प्युठान नगरपालिका–२ मा नेकपाका मुक्ति पोखरेल े११२७ मत ल्याउँदै विजयी बने । रोप्लाको थवाङ गाउँपालिका–१ मा नेकपाका जनकबहादुर बुढा मगर १७४ मत ल्याउँदै विजयी बनेका छन् । त्यस्तै सल्यानको कुमाख गाउँपालिका–५ मा नेकपाका धर्मे बुढाथोकी ७९२ मत ल्याउँदै विजयी बने । बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपाका मनराजे बुढा ३६७ मत प्राप्त गर्दै विजयी बने ।
कञ्चनपुरको पुनर्वास नगरापालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याएर विजयी बने । बैतडीको सुर्नया गाउँपालिका–१ मा कांग्रेसका धनबहादुर चन्द २१९ मत ल्याएर विजयी बनेका हुन् । त्यस्तै डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहोरा ६६५ मत ल्याएर विजयी बनेका छन् । भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ मा नेकपाका जीतेन्द्र राई ६१९ मत ल्याएर विजयी बनेका छन् ।
त्यस्तै गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ मा नेकपाका गिरिप्रसाद सिंजाली ८०२ मत ल्याएर विजयी बने । त्यस्तै संखुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका भरतकुमार घिमिरे ७९६ मत ल्याउँदै विजयी बने । नवलपुरको बुँदीकाली गाउँपालिका–५ मा नेकपाका खिमबहादुर थापा खरु मगर ३६७ मत प्राप्त गर्दै विजयी बनेका छन् । बाँकेको कोहलपुर नगरपालिका–६ मा नेकपाका रामशरण थारु ८ सय मत प्राप्त गरेर विजयी बनेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–४ कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट ५४८ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
कपिलबबस्तुको शिवराज नगरपालिका–१० मा राजपाका मञ्जु मिश्र ८६८ मत ल्याएर विजयी बनिन् । प्युठानको प्युठान नगरपालिका–२ मा नेकपाका मुक्ति पोखरेल ११२७ मत ल्याएर विजयी बने । पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपाका गजाधर भट्टराई विजयी बनेका छन् । हिलिहाङ गाउँपालिका–७ मा नेपाली कांग्रेसका तिलबिक्रम इधिङ्गो विजयी बनेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट विजयी बनेका छन् ।
दाङको घोराही उपमहानगर–१६ मा कांग्रेसका ताराबहादुर डाँगी विजयी बनेका छन् । अछामको मल्लेख गाउँपालिका–५ मा नेकपाका रमेश खड्का विजयी बनेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी बनेका छन् । र महोत्तरीको बलवा नगरपालिका–२ मा कांग्रेसका विपिन पजियार विजयी बनेका छन् । अन्य क्षेत्रमा पनि नतिजा आउने क्रम जारी छ ।