धरान । रोल्पाको थबाङ १ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उम्मेदवार विजयी बनेका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा नेकपाका जनकबहादुर बुढामगरले १ सय ७४ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका कमलबहादुर रोका मगरले २६ मत मात्रै प्राप्त गरेका थिए । जसमध्ये ९ मत बदर भएको थियो । त्यहाँ जम्मा २ सय ९ मत मात्रै खसेको थियो ।