धरान । धरानमा रिक्त रहेको मेयर र ७ नम्बर वडाध्यक्षको पदका लागि भइरहेको निर्वाचनमा हालसम्म ३५ प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानका प्रमुख राधाकृष्ण उप्रेतीका अनुसार हालसम्म ७–८ वटा बुथको मतदान भएको अवस्थालाई केलाउँदा ३५ प्रतिशत मत खसिसकेको छ । तर, यसपटक उपनिर्वाचनमा सोचेअनुरूपको उत्साह नदेखिएको निर्वाचन विश्लेषकहरूले जनाएका छन् ।

धरानमा साढे ७ बजेबाट मतदान शुरु भएको थियो । ७ बजेदेखि नै मतदान शुरु गर्ने भनिए पनि मतदाताहरू समयमा उपस्थित नहुँदा केही ढिला भएको थियो । धरानमा २८ मतदात स्थलका ९९ वटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । मतदान साँझको ५ बजेसम्म जारी रहने छ । २०७४ मा ७२ प्रतिशत भन्दा बढी मत खसेको थियो ।