विराटनगर । नेपाल औषधि व्यवसायी सङ्घ मोरङको निर्वाचनको लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर २० गते विराटनगरमा हुने सङ्घको निर्वाचनको लागि ९ पदका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

शुक्रबार औषधि व्यवसायी सङ्घको भवनमा भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले जानकारी दिए । अध्यक्ष पदमा वर्तमान महासचिव हरिमोहन श्रेष्ठ, यतिश श्रीवास्तव र लक्ष्मीप्रसाद तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रीवास्तव सङ्घको पूर्व उपाध्यक्ष हुन् भने तिम्सिना पनि पूर्व केन्द्रीय सदस्य हुन् । त्यस्तै उपाध्यक्षमा देशबन्धु ढकाल र सुदिनध्व श्रेष्ठको उम्मेदवारी छ । देशबन्धु तिम्सिना समूहका हुन् भने श्रेष्ठले हरिमोहन समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ र तिम्सिनाको छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानम उत्रिएका छन् । श्रीवास्तवले समूह बिना अध्यक्षमा मात्र उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

त्यस्तै महासचिवमा चार जनाले उम्मेदवारी दिएका छन् । जितेन्द्रकुमार रजक (जितु), दिनेश ठाकुर, मनोजकुमार मिश्र र सुरेन्द्रकुमार मेहताले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा विजयकुमार राजवंशी र सुदीप निरौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सचिवमा देवीप्रसाद दुलाल र हरिराज रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सह–कोषाध्यक्षमा पुष्पराज पोखरेल र राजकुमार यादवले उम्मेदवारी दिएका छन् ।

तीनजना सदस्य पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्य पदमा विनोदकुमार यादव, प्रकाश धिमाल, दीपेन्द्र मण्डल, जयप्रसाद राय, अनिल चौधरी, सरिता चौधरी, प्रकाशकुमार साह र चन्द्रबहादुर पराजुलीले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज(शनिबार) दाबी विरोध र उम्मेदवारी फिर्ताको समय रहेकोले आजै साँझ अन्तिम नामावली प्रकाशन गरिनेछ ।