धनकुटा । धनकुटाको हिलेमा आज (शुक्रबार) अपरान्ह भएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
छथरजोरपाटी गाउँपालिकाको सिँधुवा बजार नजिकबाट उतिसको काठ लिएर हिले तर्फ आउँदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर हिले सिरान नेपाली सेनाको २ नम्बर बाहिनीको गेट नजिकै दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी धनकुटा नगरपालिका वडा नं.१ हिले बजार नजिकै पर्ने सिंजाली टोलका ट्याक्टर चालक राजकुमार सिंजालीको घट्ना स्थलमै मृत्यु भएकाे छ भने, सहचालक दलबहादुर सिंजालीको हिले स्थित बिजयराज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिएका छन् ।
गाेलाइमा टिर्नीङकाट्ने क्रममा टिर्नीङ नपुगेर भिरबाट तल झर्दा उक्त दुर्घटना भएकाे खड्काले बताएका छन् ।































