ब्लाष्टखबर । देशैभरि विभिन्न कारणले रिक्त रहेका स्थानीय निकायका विभिन्न पदमा निर्वाचन हुन एक दिन मात्र बाँकी रहदा संखुवासभाको चैनपुर नगरपालिका वडानम्बर २ का वडाध्यक्ष काजी शेर्पाको निधन भएको छ ।

शिक्षा पेशाबाट अवकास लिएसँगै २०७४ साको निर्वाचनका तत्कालीन एमालेबाट निर्वाचित भएका वडाध्यक्ष शेर्पा क्यान्सर रोगबाट पीडित रहेका थिए । उनी आठ महिनादेखि क्यान्सरको उपचार गराइरहको जनाइएको छ । शेर्पाको निधन बिहीबार राति मयूम स्थित आफ्न निवासमा भएको चैनपुर नगरपालिकाले जनाएको छ ।