Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • संस्कृति
  • गढीमाई मेला भर्न आउन थाले भक्तजन

गढीमाई मेला भर्न आउन थाले भक्तजन

alt
  • मंसिर ६, २०७६
  • ब्लाष्ट खबर

विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ । यही मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न तथा राँगा, खसीबोका बलि हेर्न भारतलगायत अन्य मुलुकबाट पर्यटक आउने गरेका छन् । गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै हो । यहाँ भाकल गर्ने र पूरा भएपछि बलि दिन आउनेको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ ।

मङ्सिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारी आउने क्रम शुरु भएको छ । मेलाभरि तीन किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको वडाध्यक्ष सुदामा साह कानुले बताए ।

विश्वमा सबभन्दा बढी पशुबलि दिइने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहन गर्न सरोकार पक्षलाई आदेश दिएपछि सो प्रथा रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भएपछि यस प्रथालाई हटाउन विस्तारै–विस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ । दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुरमा गरी पाँच प्रवेशद्वार राखिनाका साथै सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।

मेला व्यवस्थित बनाउन कलैया, मझरिया, मधुवनी, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायत गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति कक्ष रहनेछन् । पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट रु तीन हजारको दरले रकम लिएर कक्ष राख्न दिने गरेको छ । देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीका लागि विश्रामस्थल राखिनेछ ।

यसैगरी गढीमाईमा आउने पशु स्वस्थ छन् वा छैनन् भनी जाँच गर्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले बारा कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोष्ट राखेको प्रमुख डा हरेराम यादवले बताए । विसं २०५२ मा चढाउन ल्याइएको खसीबोकामा पिपिआर रोग देखापरेकाले सो सेवा सञ्चालन गरिएको बताइएको छ । कार्यालयले पशुबलि दिने ठाउँमा सङ्क्रमण नहोस् भनेर त्यसको पनि व्यवस्था गरेको छ ।

पञ्चवर्षीय मेला मूल समितिले टाढाटाढाबाट आउने भक्तजनले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत मिल्ने व्यवस्था गरेको छ । मेलामा मुख्यरूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा छ ।

सम्बन्धित समाचार
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या

धरान । झण्डै साढे दुई दशक लामो विवादको घेरामा परेको धरानको आधुनिक बसपार्क ह ...

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ

धरान । विष्फोटकसम्बन्धी मुद्दामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्ट ...

धरानमा शिक्षक महासङ्घ गठन

धरान । सुनसरीको धरानमा नेपाल शिक्षक महासङ्घ गठन भएको छ । धरान–८ स्थित ल्याव ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ
धरानमा शिक्षक महासङ्घ गठन
आय र खर्चमा देखिएको खाडल अन्त्य गर
आजको राशिफलः २०८२ साल पुस २ गते बुधबार
माङ्मालुङ चिया बगानका पीडित शेयरधनी पुगे अदालत
बीपीमा ह्वीलचियर पुल सञ्चालनमा
‘एलर्जीन’ का उत्पादन बेच्न खुला
पाँच सय ७ केजी गाँजा बरामद
विजयपुर अस्पताल र हिबिस्कस स्कुलबीच सम्झौता
सुशासनको भाषण र बेथितिको यथार्थ
आजको राशिफलः २०८२ साल पुस १ गते मङ्गलबार
काङ्ग्रेस नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ललित–अम्बर कपमा आयोजक र आइडियल अन्तिम चारमा
कोशीको स्वास्थ्य क्षेत्रमा बेथितिः प्रतिवेदनमा दोषी, कारबाही चाहिँ सरुवामा सीमित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved