अभिनेत्री प्रियङ्का कार्की केही वर्ष अघिसम्म नेपालकी चलेकी नायिकाका रूपमा चिनिन्थिन् । तर पछिल्लो समय उनका फिल्महरू आएका छैनन्, बरु उनी म्युजिक भिडियोमा अभिनय गरेर चित्त बुझाइरहेकी छिन् ।

चर्चामा रहँदा पनि प्रियङ्काले नायिकाका रूपमा अभिनय गरेका धेरै फिल्म फ्लप भए । उनले समूहमा काम गरेका केही फिल्मले भने चर्चा कमाए । तर त्यस्तै हुल्मुलमा पनि प्रियङ्कालाई देखिन छाडेपछि उनको फिल्मी यात्रा ओरालो लागेको चर्चा चल्न थालेको छ ।

अभिनयबाट ओरालो लागे पनि प्रियङ्काले पछिल्लो समय निर्देशनमा रहर गरिरहेकी छन् । उनले महिला समलिङ्गीको भूमिकामा होम प्रोडक्सनमा वेब सिरिज ‘जस्ट एनादर लभ स्टोरी’ पनि निर्देशन गरिरहेकी छन् । हालै प्रियङ्काले पहिलो म्यूजिक भिडियो निर्देशन गरिन् ।

बालगायिका आयुष्का खनियाँको मेरै लाहुरेले गीतको भिडियो अभिनेत्री प्रियङ्काले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ । यो भिडियोबाट उनी भिडियो निर्देशनतर्फ पनि आकर्षित भएकी छन् ।