धरान / नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले बर्तमान केपी ओलीको कम्युनिष्ट सरकारलाई इतिहासकै लुते सरकारको उपमादिएका छन ।
खोक्रो राष्ट्रबादबाट जन्मिएको सरकारका भएकाले कम्युनिष्ट सरकार अवैज्ञानीक रहेको बताए । धरानको भानुचोकमा रहेको लोकतान्त्रिक चौतारीमा आयोजित नेपाली कांग्रेसको चुनाबी कोण सभामा बोल्दै नेपालबिद्यार्थी संघका पुर्व केन्द्रीय सभापति समेत रहेका घिमिरेले नेपालीभूमि रक्षा गर्न नसक्ने सरकार लुते, काम नलाग्ने, लाछी रहेको बताए । नेपाली जमिन भारतले आफ्नो नक्सामा कैद गर्दा पनि चुइकक नबोल्ने एउटा बिज्ञप्ती र एक फोन समेत गर्न नसक्ने सरकारका प्रधानमन्त्री केपी शर्मा ओली शारीरीक र मानसिक रुपमा रोगी भएको आरोप लगाए ।
घिमिरेले धराने जनतालाई अहिले लोकतन्त्र, गणतन्त्र महसुस गर्न नसकेकोले अब यो उपनिर्वाचनबाट कांग्रेसलाई बिजय गराएर धरानबाट कम्युनिष्ट नेताको नामबाट राजनिति गर्न दलालहरु कुलेलाम ढोक्ने बताए । कम्युनिष्ट नेताहरु आफुहरुलाई गरिब, मजदुर र सुकुम्बासीको नेताभन्ने गरेको तर नेपालको धनी मानिसको सुचिमा उनीहरु नै रहेको बताए ।
बिकास आचार्यको संयोजकत्वमा भएको कोण सभामा नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडा र धरान २ का सभापति सुधिरसिंह लिम्बूलगायतले बोलेका थिए ।
दुई तिहाईको सरकार इतिहासकै लुते सरकार -नेका नेता घिमिरे
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































