धरान /यही नोभेम्वर २१ देखि क्याम्वोडियामा हुने एसिया प्यासिफिक समिटमा ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्की आइतबार त्यस तर्फ जाने भएका छन् ।

क्याम्बोडिया सरकार र यूनिभर्सल पिस फिडेरेसनको आयोजनामा हुने सम्मेलनमा शुसासन, पारदर्शिता, युवा सशक्तिकरण र पारिवारिक मिलनकाबारेमा छलफल हुने छ । सम्मेलनमा क्याम्वोडियाका उपप्रधानमन्त्री विन चिन, पूर्व सभामुख जोसे डे भेनेसिया, युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जी वाल्सलगायतको निमन्त्रणमा कार्कीसहित पूर्णमन्त्री एकनाथ ढकालसमेत सम्मेलनमा सहभागी हुने बताइएको छ ।

सम्मेलन नोभेम्बर २१ सम्म चल्ने छ । क्याम्वोडियाका सम्मेलन पछि भियतनाम र लावसमासमेत ३÷३ दिनको सम्मेलन रहेको प्रधान सम्पादक कार्कीले जानकारी दिए ।