धरान  / मसिर १४ गते हुने उपनिर्वाचनलाइ मध्यनजर गरि मिडियामा तरुण दलका नेतासहित डेढ सय युवा नेकपामा प्रवेश शिर्षकको समाचारप्रति नेपाली कांग्रेस भातृ संस्था नेपाल तरुण दल धरान उपमहानगर समितिको गम्भीर ध्यानार्कषण भएको जानकारी गराएको छ ।
पत्र मार्फत तरुण दलले सवै वडा समिति, तरुण मित्रहरु नेपाली कांग्रेसको चुनाव प्रचारप्रसारको काममा हिडिरहेको समेत जानकारी गराएको छ ।
सोमवार नेपाल तरुण दलले ध्यानार्कषण पत्र जारी गदैं धराने जनतलाई कम्युनिष्टहरुले गलत अफवाह फैलाएर चुनावी परिणाम हात पार्न सफल भएको आरोप लगाएको छ । युवासँघको कार्यक्रममा नेकपामा प्रवेश गरेका सुभाष राई आफ्नो संगठनमा नभएको समेत जनाएको छ ।