धरान / नेकपाको तर्फबाट धरान उपमहानगरको मेयर पदमा प्रकाश राईलाई जिताउन डा. रमेश घिमिरेको संयोजकत्वमा २२५ सदस्यीय बुद्धिजीवी परिचालन उपसमिती गठन गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य ताथ सुनसरी इञ्चार्ज धर्मराज निरौलाको उपस्थितिमा सोमबार पार्टी कार्यालयमा घोषणासभाको आयोजना गरि निर्वाचन परिचालन कमिटी बनाएको हो ।
जनताको भरोसा आम बुद्धिजीवी हरु हुने भएकाले नेकपाको पक्षमा जनमत बनाउन घरघरमा पुगेर बुद्धिजीवी हरुले नेकपाले हालसम्म धरानका लागि गरेको कामबारे जानकारी गराउन केन्द्रीय सदस्य निरौलाले बुद्धिजीवीहरुलाई आग्रह गरेका छन् ।

बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य तथा  निर्वाचन अनुगमन समितिका सदस्य प्राडा भाेलानाथ पाेखरेलले सबै बाम बुद्धिजीवीहरू एक  ढिका भएर मैदानमा उत्रन अाग्रह गरे ।
२२५ सदस्यीय समितिको सहसंयोजकहरुमा प्राडा भीम खतिवडा, डा. इन्दिरा मिश्र, देवेन्द्र कार्की, नवीन गौतम, सागर भट्टराई, अशोक पोख्रेल, वीरेन्द्रबहादुर साह, सन्तोष कोइराला रहेका छन् ।
मंगलबारदेखि नेकपाका उम्मेद्वार प्रकाश राईको पक्षमा जनमत बनाउन मैदानमा खट्ने निर्वाचन परिचान उपसमितिका संयोजक घिमिरेले जानकारी दिए । घोषणा सभामा भारतले सीमा मिचेको तथा नेपाली भूभाग भारतीय नक्सामा समाबेश गरेको विषयमा समेत छलफल भएको थियो । राष्ट्रियता रक्षाको विषयमा बुद्धिजीवीहरुको भूमिका विषयमा बाम बुद्धिजीवी खेमचन्द्र सुवेदीले प्रष्ट पारेका थिए ।