धरान / नेपाली कांग्रेस निकट तरुण दल धरान उपमहानगर समितीका सदस्य रहेका सुबास राईको नेतृत्वमा करिब १ सय ५० जना युवाहरु नेकपामा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपाका नेता मुक्साहाङ मेन्याङबो, आइन्द्र विक्रम वेघा, प्रकाश राई लगायतले अबिर लगाईदिदै पार्टीमा स्वागत गरेका थिए ।

संघले मंसिर १४ गते हुने निर्वाचनमा प्रत्येक बुथमा स्वयंसेवकको रुपमा २ हजार ८ सय २० जना युवाहरु परिचालन गर्ने घोषणा गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य हरि लिम्बुको अध्यक्षतामा भएको प्रशिक्षण भेलामा सांगितिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
युवाहरुलाई पार्टीको एतिहासिक कार्यभार र युवाको जिम्मेवारीका विषयमा प्रशिक्षणसमेत दिइएको थियो ।

75406507_980880458913210_6059214061604700160_n 75204452_409659123319023_15732332061261824_n 75339485_576749766426560_5155971860751450112_n