धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाको तर्फबाट मेयर पदका उम्मेद्वार प्रकाश राईले धरानका ५ वटा वडाको घरदैलो सम्पन्न गरेका छन् ।
धरानको विकट वडाहरु ४, ५, ६ र २० सहित धरान ८ र १५ का जनताको घर दैलो सकेको निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक भीम राई ज्वालाले जानकारी दिए । आइतबार धरान–१५ स्थित श्याम चोकबाट उम्मेदवार प्रकाश राईसहित घरदैलोमा निस्किएको नेकपाको घरदैलो अभियान विजय ¥याली झै भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

मेयरका प्रत्यासी राईले घरदैलोमा जनताले उठाएका माग र दिएका सुझावलाई आफ्नो प्रतिनीधि मार्फत नोट समेत गदैं आएका छन् । जनभावना अनुसार स्व मेयर तारा सुब्बाले तय गरेको सम्वृद्ध धरानको परिकल्पानालाई आफु साकार पार्न धरानको नेतृत् वगर्न चाहेको बताएका छन् ।

विकट वडाका स्थानीयवासीले नयाँ मेयरबाट सडक, विद्युत, सञ्चार सुविधा पु¥याउन सहयोग गर्न माग राखेका छन् । मेयरका प्रत्यासी राईले जनताले दिएको मतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबारसमेत धरान १५ मा घरदैलो अभियान जारी राख्ने १५ नं.वडास्तरीय निर्वाचन परिचालन कमिटीका संयोजक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । मेयरका प्रत्यासी राईले घरदैलोमा जनताले उठाएका माग र दिएका सुझावलाई आफ्नो प्रतिनीधि मार्फत नोट समेत गदैं आएका छन् । जनभावना अनुसार स्व मेयर तारा सुब्बाले तय गरेको सम्वृद्ध धरानको परिकल्पानालाई आफु साकार पार्न धरानको नेतृत् वगर्न चाहेको बताएका छन् ।

74912327_2581896805208711_1868444334358003712_n