धरान / मंसिर १४ गतेको उपनिर्वाचनमा धरानको मेयरमा सूर्य ध्वजावहाक उम्मेदवारलाई जिताउन नेकपाले जिल्ला सदस्य भीम ज्वाला राईको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार तथा प्रकाशन उपसमिति गठन गरेको छ ।

उपनिर्वाचन परिचालन समिति अन्तर्गत बनेको उपसमिति शुक्रबार घोषणा गरिएको छ । प्रचारलाई व्यवस्थित गर्न तथा विभिन्न मिडियाहरुका लागि प्रचार सामाग्री उत्पादन गर्न १७ सदस्यीय सचिवालय समेत बनाइएको छ । सचिवालयमा संयोजक राई, सह–संयोजक किशोरकुमार कार्की, श्रशिशा राई, जनकऋषि राई, रोहित राई, सन्तोष काफ्ले, योगेश काफ्ले, रणध्वज लोहार, गणेश तिम्सिना, रत्न आचार्य, भरतराज शर्मा(गोपाल), सन्जु राई, तारा लामगादे, धिरेन लिम्बु, विकाश चाम्लिङरहेका छन् ।
आजको भेलाले छापा, अनलाइन, रेडियो, टिभी, सामाजिक सञ्जाल प्रयोगलगायत विभिन्न समुह बनाएर संयोजक तोकी कार्यक्षेत्रमा खटाएको मुल निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बसनेतले जानकारी दिए ।

यस्तै, प्रदेश संगठनका अग्रजहरुको तर्फबाट किशारकुमार कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति समेत गठन गरेको छ । उक्त समितिमा प्रेस संगठनका सदस्यहरु रहेका छन् ।
नेकपाको उम्मेद्वारलाई जिताउन यस पटक फरक किसिमले प्रचार अभियान चलाइएको प्रचार संयोजक भीमज्वाला राईले जानकारी दिए ।
भेलामा नेकपा जिल्ला सचिव रमेशबसनेत,जिल्ला सदस्य मुरारी सुवेदी, प्रेस संगठन नेपाका नेता विश्वमणि सुवेदी, प्रचार सहसंयोजक किशोरकुमार कार्कीलगायतले मन्तव्य राखेका थिए ।

76178797_411804243101763_1588468769385086976_n