देउराली । आगामी मंसिर १४ गते हुन गइरहेको उप निर्वाचनको मिती नजिकीदै गर्दा धरानमा दलहरु भोटमाग्न जनताका घरदैलाे धाउन थालेका छन् ।

विभिन्न पार्टीका उमेदवारहरू  भाेटमाग्न बस्ती पसीरहदा शुक्रबार बिहानै भोटमाग्न देउराली पुगेका  नेकपाका मेयर पदका उमेदवार प्रकास राईले  धरानका अन्य वडाहरु जस्तै धेरै कारणले पछि परेको बताएका छन् ।

लामो समयदेखी खानेपानीको चरमा समस्या भोगी रहेका धरान उपमहानगरपालिकाको वाडा नम्बर ५ स्थित देउराली पुगेका राईले खानेपानी, सेउतीखोला र अधेरी खोलाको कटना, सुकुम्बासी समस्या र रोजगार जस्ता समस्याले देउराली पछि परेको राईले बताएका हुन् ।

दुई खोलाको टापुको रुपमा रहेको घना बस्ती देउरालीमा बर्षेनी आउने सोउती र अधेरी खोलाको बाढीले किनारमा बस्नेहरुले सास्ती बेहोर्नु पर्ने भएकोले ति खोलाहरुको तटबन्धन , बस्ति भित्र रहेका निकासीका सडकहरुको निमार्ण, लगायत मुख्य समस्याको रुपमा खानेपानी समस्या रहेको राईले बताए छन्।

घर दैलाे अभियानमा देउराली पसगेका राइले भने ‘ लामो समयदेखी भोगचलन गर्दै आएको सुकुम्बासी क्षेत्र भएकाले नेपाल सरकारले कहिले व्याक्तीगत स्वामीत्व ग्रहण गराउछ भन्ने जनअपेक्षा रहेको छ । जसलाई हामीले समीती बनाएर घर नम्बर दिदै सुकुम्बासी तथा अव्यावस्थीत बसोबास व्यावस्थापनको आधार तयार गर्दै संघसंग जेडेर स्वामीत्व ग्रहण गराउने आधार तयार गरेका छौं । केही वडाहरुमा घर नम्बरको काम सम्पन्न भइसकेको छ,  देउरालीमा पनि चाडै हुने छ ।’

उनले स्थानिय, प्रदेश तथा संघिय सरकारले तटबन्धन तथा सडक निमार्णमा केही खर्चहरु गरी रहेको भएपनि त्यती मात्र पर्याप्त नभएको, देउरालीको समस्याहरु तिनै तहका सरकारले देखेको समस्या भन्दा गहन रहको र त्यसको सही सम्बोधन गरीनुपर्ने जनभावना रहेको बताएका छन् ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकीकरण भइसकेपछि करिब अढाई बर्षपछि पुनः उप निर्वाचनमा नेकपाका उमेदवार राईलाई जिताउन भोट माग्दै देउराली पुगेका अघिल्लो चुनाबमा पूर्वमाओवादिको तर्फबाट मेयर पदमा उमेदवार बनेका आइन्द्र बेघा भन्छन् ‘ यो लगभग अढाई वर्षमा आमेल परीर्वतन नभएपनि धेरै परिर्वत भएको छ । ’

व्याक्तीगत नभइकन पार्टीका एजेण्डाहरु जनतामाज लिएर जाने भएकाले अघिल्लो पटक पूर्व माओवादीको तर्फबाट आफुले बेकेका एजेण्डाहरुपनि समेटीएकाले आफूहरु पनि उमेदवार राईलाई जिताउन भोट माग्दै हिडेकाे बेघाले बताए ।