मलेसियामा एक नेपालीको मृत्यु

alt फाइल तस्बिर
  • कार्तिक २२, २०७६
  • २०२ पटक पढिएको
  • रासस

राजविराज/ सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो ।

शाही हैसियत त्यागेपछ ...

 बेलायत /  बेलायती राजपरिवारको शाही हैसियत त् ...

बुढासुब्बा गोल्डकपः ...

धरान / धरानमा जारी २२औँ बुढासुब्बा गोल्डकपको अपिन्तम से ...

वीपी प्रतिष्ठानमा सु ...

धरान / प्रयाप्त जनशक्ति र श्रोत साधनको अभावले समस् ...

दिल्लीको धार्मिक हिं ...

दिल्ली / दिल्लीमा गएको सप्ताहान्तदेखि धार्मिक हिंसा फैल ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved