उदयपुर/ उदयपुरको चौदण्डिगढीमा स्कुल बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । चौदण्डिगढी नगपालिका-७ मा बाटोमा हिडि रहेको अवस्थामा बसले ठक्कर दिदा बिहीबार नम्रता थापाको मृत्यु भएको हो ।

बेल्टारबाट विरेन्द्र बजार तर्फ जाँदै गरेको पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले चौनपा-८ निबासी ६० वर्षीय थापालाई विहान करिब ९ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाईते थापाको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लगिएपनि स्वास्थ्य केन्द्र पुर्याना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।