धरान / धरान उपमहानगरपालिकाका मेयरका उम्मेद्वार प्रकाश राईले भारतको विस्तारवादी नीतिको विरोध गरेका छन् । नेपाली भूभागलाई आफ्नो नक्सामा राखेको प्रति उनले कडा आपतिसमेत जनाएका छन् । उनले नेपालको कालापानी, लिपुलेक, जोगाउन सबै राष्ट्रवादी नेपाली एक हुनु पर्ने बताए । त्यसको नेतृत्व नेकपाले गर्नेसमेत बताए ।
विहीबार धरान–६ स्थित पानवारीमा चुनावी अभियानमा बोल्दैं राष्ट्र चिन्ता व्यक्त गरे । नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको डटेर सामना गरेकोसमेत मतदाताहरुलाई जानकारी गराउद मुलुकको राष्ट्रिय अखण्डता, स्वाभिमान रक्षा गर्न नेकपाले खुट्टा नकमाउने उनको भनाई थियो ।

72169332_3038239136402206_5864924623195340800_n
मेयरका उम्मेद्वार राईले आफु जितेर पानवारीको खानेपानी समस्यालाई पहिलो प्राथामिकतामा राखेको बताएका छन् । धरान उपमहानगरमा समाबेश भए पछि कालोपत्र सडक सञ्जाल, धरान बजार जोड्ने पक्की पुल, प्रदेश १ कै नमुना औद्योगीक ग्राम, फोहोरबाट उर्जा उत्पादन गर्ने उद्योग पानबारीमा संचालन हुने उनले मतदाताहरुलाई जानकारी समेत गराए । नेकपाको स्थानीय नेतृत्वको पहलमा अरवौं लगानीमा पानबारीमा औद्योगीक ग्राम निर्माण हुने भएको छ । धरान उपमहानगरपालिकाले २५ विगाहा जग्गासमेत खोजि सकेको छ । उपमहानगरकी कार्यवहाक मेयरको सकृयतामा धरानको फोहोरबाट उर्जा उत्पादनको काम अगाडी बढि सकेको छ ।

काङ्ग्रेस र नेकपाका मेयरका प्रत्यासीवित जम्का भेट,  समाजिक सञ्जालमा भाइरल
प्रकाश राई ६ नं. वडामा जनताको घरदैलोमा पुगेर भोट माग्दैं गर्दा नेपाली काङ्ग्रेसका उम्मेद्वार तिलक राई पनि सोही क्षेत्रमा भेटिएका थिए । नेकपाका उम्मेद्वार प्रकाश र तिलकविच जम्का भेट भएको थियो । एक अर्का मिलेर धरानलाई सम्वृद्ध बनाउने सोच लिएका प्रकाश र तिलकले सौदाहपूर्णक अङ्कमाल गरि एक आपसमा जितको शुभकामना साटासाट गरेर राजनीतिक संस्कारको नमुना उजागार गरेका छन् ।  उनीहरुले अंकमाल गरेको तस्विर समाजिक सञ्जालमा भाइरलसमेत बनेको छ । 

tilak