धरान । सम्वृद्ध धरानको लागि धरानक उपमहानगर भित्रको विकट तथा दुर्गम क्षेत्र साविक विष्णुपादुकाको कृषीमा कायपलट आवश्यक भएको नेपाल कम्युनिष्ट पाटी (नेकपा)बाट मेयरका उम्मेद्धवार प्रकाश राईले बताएका छन् ।
आगामी मंशीर १४ गते हुने उप– निर्वाचनबाट नेकपाको तर्फबाट उम्मेद्धवार वनेका राईले वुधबार विष्णुपादुकावासीको घर घरामा पुगेर कृषी पर्यटनलाई उच्च प्राथकिता दिएर नेकपाको नेतृत्वको सरकारले यहाँको विकासमा कायपल गर्ने बताए ।
उम्मेद्धवार राईले विष्णुपादुकामा रहेको संभावनाहरुको खोजी गरि विशेष योजना वनाएर पुरा गर्ने प्रतिवद्धता समेत व्यतm गरेका छन् । उनले भने,‘यहाँ कृषि क्षेत्रको संभवाना प्रवल छ, यस क्षेत्रको प्रवद्र्धन र विकास गर्न जरुरी भएकाले आफु विजयी भएर विष्णुपादुकालाई कृषि क्षेत्रमा आत्म निर्भर वनाउनेछु ।’
धार्मिक पर्यटन क्षेत्रले पनि विष्णुपादुकाले फड्को मार्ने भन्दै यस क्षेत्रको समग्र विकास गर्न स्वयम विष्णुपादुकावासी पनि एकजुट हुनु पर्ने उम्मेद्धवार राईको भनाई थियो । मंगलबारदेखि घरदेलो अभियानमा जुटेको नेकपाका उम्मेद्धवार,नेता तथा कार्यकर्तासहित घरदैलो अभियानका टोलीलाई विष्णुपादुकावासीले स्वागतसमेत गरे ।
घरदैलो चुनावी अभियान विष्णुपादुकाको वन्दुके, टोड्के,तामाखाम,गुरुङछाप,वाघखोप,सुलीकोट,विष्णुपादुका मन्दिर क्षेत्र,कोकाहा,भन्ज्याङ,खैरेलगायतका स्थानमा पुगेको थियो ।
निर्वाचन परिचालन कमिटी सचिव नारायण सुवेदीका अनुसार घरदैलो अभियान विहीबार धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानबारीमा हुने बताए ।