तत्कालीन नेकपा एमालेका तर्फबाट निर्वाचित धरान उपमहानगरका मेयर तारा सुब्बाको २०७५ साउन १ गते असामयिक निधन भएपछि धरानको मेयर पद रिक्त हेको छ । कार्यवाहक मेयरका रूपमा उपमेयर मञ्जु भण्डारी सुवेदीले काम गर्दै आउनुभएको छ । यही मङ्सीर १४ गते हुने भनेर तय गरिएकोे उपनिर्वाचनमा सुनसरीको धरान उपमहानगरमा मेयर पदका लागि पनि उपनिर्वाचन हुने तय भइसेको छ । निर्वाचनका लाागि धरानको वातावरण विस्तारै सक्रिय हुँदै गएको छ । नेपाली काङ्ग्रेस धरानले तिलक राईलाई अघि सारेको छ भने नेकपाका तर्फबाट प्रकाश राईलाई अघि सारिएको छ । अन्या साना दलबाट समेत उमेदवार तय भएर मतदातालाई भेट्ने कार्यक्रम बाक्लिन थालिसकेका छन् ।

निर्वाचन हुने पक्का भएपछि धराने जनताका घरघरमा यस विषयमा बहस, छलफल र जिज्ञासा हनु स्वाभाविक पनि हो । निर्वाचित भएका जनप्रतिनिधिले गरेका कामप्रति दिनानुदिन असन्तुष्टिका स्वर बढिरहेका बेला धरान पनि यसबाट अछुतो रहेको छैन । यस्तो बेला निर्वाचित हुने उमेदवारका योग्यता, क्षमता र अयोग्यताका विषयमा पनि बहस र छलफल हुने गरेको छ । यहाँ धराने जनताले आफूले भोगेका समस्यालाई केन्द्रमा राखेर धरानको मेयरमा अपेक्षा गरेका गुण र योग्यताका विषयमा चर्चा गरिएको छ ।

प्रजातन्त्रमा विश्वास गर्ने जनताको विचार र भावनालाई बुझेर काम गर्ने विकास र समृद्धिलाई आत्मसात् गर्ने मेयर धरानको पहिलो आवश्यकता हो । रराजनैतिक विचारलाई भन्दा धराने जनताको भावना र मर्मलाई बुझेर काम गर्नु यहाँको वस्तुगत अवस्था हो ।

कतिपय अवस्थामा दल दल–दलको प्रतिस्पर्धामा अझ दलभित्र पनि गुट उपगुटको होडबाजीमा विकास र समृद्धिको जनआकाङ्क्षालाई साकार पार्ने सक्षम र योग्य उमेदवार पाउन निकै कठिन बन्दै गएको पाइन्छ भने भएका योग्य पनि पछि पर्ने छुट्ने गरेका छन् । जसको प्रत्यक्ष प्रभावका रूपमा स्थानीय र राष्ट्रिय तहमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नमा कठिनाइ उत्पन्न हुने गरेको छ ।

यस्तो परिप्रेक्षमा आम जनताले आवश्यकता महसुस गरेको र विश्लेषकहरूले बुझेको धरानको मेयरमा हुनुपर्ने थुप्रै योग्यता, क्षमता र गुणहरूको अपेक्षा राखेको पाइन्छ । यी सबै योग्यता र क्षमता एउटै उमेदवारमा पाउन कठिन नै हुने भए पनि नेतृत्व गर्न तम्सने र अवसर पाउने उमेदवारले नेतृत्व गर्ने योग्यता सम्बन्धी गुणहरूको विकास गर्न सके राम्रै सफलता पाउन सक्नेछन् र धराने जनताले पनि राहत महसुस गर्नेछन् । धरानका जनताले आवश्यकता महसुस गरेका यहाँको मेयरमा अपेक्षा गरिएका २० वटा योग्यता र गुणहरू यहाँ प्रस्तुत गरिएका छन् । आशा गरौं आगामी उपनिर्वाचनबाट यस्तै विकास प्रेममी र गुणवान् नेता धरानले पाउनेछ ।

१. धराने जनतासँग घुलमेल भएको मिलनसार,
२. सामाजिक गतिविधिमा सधैं संलग्न हुने,
३. नगरभित्र प्रवेश गर्दा सुुशासकको छवि कायम गर्न सक्ने प्रशासनिक गुण भएको,
४. विकास निर्माणका विषयमा निष्पक्ष भएर पूर्वाग्रह नराखी काम गर्न सक्ने,
५. जनताको काम छिटो छरितो तरिकाले सम्पन्न गर्न गराउन तत्पर,
६. विहान बेलुका खान पुग्ने आर्थिक हैसियत भएको र खानकै लागि भ्रष्टाचार गर्नु नपर्ने,
७. विकास निर्माणका काममा सानादेखि ठूला तहकासम्म सेटिङ मिलाएर कमिशन नखाने, खान नजान्ने ।
८. नगरपालिकाभित्र घरनक्सा पास गर्दा, घरनक्साका फाइल खोज्दा, अन्य काम गर्दा जहिले पनि पैसालाई अघि सार्नुपर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सक्ने,
९. नगरपालिकामा घरनक्सा अचानक हराउने तथा पैसा देखाएपछि पुनः भेटिने परिपाटी विरोधी,
१०. नगरपालिकामा निर्माण सम्पन्न लिन जाँदा अरू सबै नियम अनुसार हुने तर थोरै नमिले नियम अनुसार नभएको भनेर महिनौं झुलाउने, पैसाको वार्गेनिङ गर्ने र केही नलागे धरौटी फिर्ता नदिने प्र्रवृत्तिको विरोध गरी सुधार गर्न सक्ने,
११.नगरका योजना तय गर्न र तिनलाई कसैको लहैलहैमा नलागी निर्बाध रूपमा सम्पन्न गर्न प्र्रतिबद्ध,
१२. कम्तीमा १२ कक्षासम्म पढेको,
१३. अरूको इसारामा नाच्ने होइन आफ्नो इसारामा अरूलाई सकारात्मक कामका लागि नचाउन सक्ने,
१४. कसैलाई काखा कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्ने र राम्र्रो काम गर्नेलाई पुरस्कृत गर्न र काम बिगार्नेलाई दण्डित गर्न सक्ने,
१५.कामका योजना सार्वजनिक गरी तिनको प्राथमिकता निर्धारण गरेर परिरणाम देखिने गरी काम गर्न,
१६. मिठो बोल्ने र बोलेअनुसार काम पनि गर्न सक्ने,
१७. माला, खदा, अवीरमा सजिएर भाषण गरेर
मात्रै समय बिताउन नसक्ने,
१८. पैसा कमाउन होइन जनताको सेवा गर्न र
स्पष्ट विचार लिएर राजनीतिमा लाागेको,
१९. धेरै गाडी, गार्ड, भोजभतेर नरुचाउने,
२०. गुटको, सल्लाहकारको मात्र भर नपरी पार्टीका
नीति निर्णयमा भर पर्ने कार्यान्वयन गर्ने,
२१. समुदाय र निष्पक्ष बुद्धिजीवीहरूका सल्लाह
सुझावमा ध्यान दिने,
२२. सामूहिक नेतृत्व गर्न कुशल, कर्मयोगी, वास्तविक विकासप्रेमी, भ्रष्टाचारको चिन्तनबाट मुक्त, जनसे वाको विचारले भरिएको, सबै जाति र समुुदायसँँग समन्वय गरेर काम गर्ने, जुनसुकै दल, समुदायको भए पनि असल विचार भएको र उदार हुुनुपर्छ ।

यही मङ्सीर १४ गते हुन लागेको उपनिर्वाचनमा माथि उल्लेख गरिएका अधिकतम योग्यता भएको उमेदवारलाई धराने जनताले मेयरमा चयन गर्नेछन् । हुुन त चुनाव लोकसेवा पास गरेजस्तो योग्यता आधारमा पास भइने विषय होइन तर चुनावमा जनताको मन जितेर मात्रै यसमा सफलता पाउन सकिन्छ । उपचुनाव नजिकिँदै गर्दा कुन दलबाट को र कस्तो उमेदवार बन्ने चर्चा चुलिँदै गएको छ । सबै राजनैतिक दलबाट धमाधम मेयर पदका उमेदवार मैदानमा आउन थालेका छन् । धरानका जनता तिनीहरूमध्येबाट योग्य उमेदवार छान्न तत्पर छन् ।

धरानका तमाम समस्या जादुको छडी घुुमाएझैें तत्काल समाधान हुँदैेनन् । यसका लागि कुशल नेतृत्व, दृढसङ्कल्प, दूरदर्शी विचार, कर्मशीलता आवश्यक पर्दछ । धराने जनता आफ्ना कुशल नेता चयन गर्न उत्सुक छन् । जसरी तारा सुब्बाले यहाँका जनमानसको मन जितेर काम गरे, त्यसभन्दा राम्रो नेतृत्व धरानले पाउन सकोस् शुभकामना छ ।