धरान । नेकपाको सचिवालय बैठकले सात वटै प्रदेशको प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ ।

आज बसेको सचिवालय बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखको नाम सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार झापाका विष्णु प्रसाईं, सिरहाका धर्मनाथ यादव, चितवनका अमिक सेरेचन, काठमाडौंका शर्मिला त्रिपाठी, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार र डडेलधुराका गोविन्द कलौनीको नाम सिफारिस गरेको हो ।

प्रदेश १ का प्रसाईं प्रदेश प्रमुख हुन सक्ने अनुमान गरिएको छ । तर, अबको केही क्षणमा नै कुन प्रदेशमा को प्रदेश प्रमुख हुने भन्ने बाहिर आउने संयोजक अधिकारीले फोनमार्फत् जानकारी दिए ।

pradesh

तस्बिर स्राेतः चेतन अधिकारीकाे फेसबुक (उनी प्रधानमन्त्रीका प्रेस संयाेजक हुन् ।)