धरान / सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई आज पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ ।

मन्त्रिपरिष्दको आजको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको हो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो ।
तत्कालि शेरवहादुर देउवा सरकारले सात वटा प्रदेशमा प्रदेश १ मा प्राडा गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा प्रमुख बाबुराम कुँवर, प्रदेश मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो ।