काठमाडौं  सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त भएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई आज बसेको मन्त्रीपरिषद् बैठकले अध्यक्षमा नियुक्त गर्न निर्णय गरेको हो ।  अव टियुका उपकुलपतिमा दोस्रो नम्बरमा रहेका धर्मकान्त बास्कोटाको बाटो खुलेको छ ।