धरान / नेकपा धरान नगर कमिटीले आज मेयरको नाम सिफारिस गरे पछि आफ्नो नाम नपरेको भन्दैं प्रदेश कमिटी सदस्य विजय राईले आपति जनाएका छन् ।
प्रदेश कमिटी सदस्यलार्य बाईपास गरेर नगर कमिटीले निषेधको राजनीति गरेको राईले बताए । केन्द्रीय कमिटीसँग पहुच राख्ने दरिलो दावेदार मानिएका थिए । तर नगर कमिटीले माथिल्लो कमिटीको निर्देशन भन्दैं जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेको नाम सिफारिस गरेको थियो । आज बसेको नगर कमिटीको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
आम नगरवासीको अपेक्षा विपरित नगर कमिटीले गरेको निषेधको राजनीति विरुद्ध आफु माथिल्लो कमिटीमा कुरा राख्ने विजय राईले बताएका छन् ।
नगर कमिटीको आजको बैठकले नेकपा जिल्ला सचिव रमेश बस्नेतको संयोजकत्वमा निर्वाचन परिचालन मुल कमिटीसमेत गठन गरेको छ । उक्त कमिटी २ हजार १ सदस्य रहेको छ । यस्तै सह–संयोजकहरुमा जिल्ला कमिटि सदस्य पदम इस्वो, चोेत्लुङ, अशोक राईलाई बनाउने निर्णय गरेको छ । कमिटिको सदस्य सचिवमा नगर कमिटि अध्यक्ष नारायण सुवेदी रहेका छन् ।