इटहरी  /  नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले एक नम्बर प्रदेश हअहिलेसम्म प्रदेशका ेनाम राख्न नसक्ने हुतिहार भएका ेबताएका छन् ।
नेपालले आफ्नै पार्टीको सरकार भए पनि समन्वय गरि काम गर्न नसकेको टिपपणी गर्दै, यतिका दिनसम्म प्रदेशको नामकरण गर्न नसकेको भन्दै हुतिहारा भएको बताए ।
नेकपा इटहरीको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता नेपालले प्रदेश एकको नाम ‘कोशी’ राख्न पनि प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
उनले प्रदेश सरकार र त्यसमा पनि मुख्यमन्त्रि शेरधन राईप्रति लक्षित गर्दै निकै कडा टिप्पणी गरेका थिए । संसदमा आफ्नै पाटिको बहुमत हुँदा हुँदै पनि अझै सम्म प्रदेशको नाममा अलमलीएको भन्दै कटाक्ष गरेका छन् ।
उनले सवैसँग समन्वय गर्न नसक्ने यो कस्तो सरकार भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् । केही आक्रोशितसमेत देखिएका नेता नेपालले सरकारको कार्य क्षमताप्रति प्रश्न गरेका छन् ।
प्रदेश भित्र ५० प्रतिशत भन्दा बढि भुुगोलमा कोशी क्षेत्र रहेको भन्दै सबैलाई मान्य हुने नाम राखे अन्य प्रदेशमा पनि प्रभाव पर्ने उनको तर्क रहेको थियो ।
नेकपा इटहरी नगर कमिटिले आयोजना गरेको शुभकामना तथा चियापान कार्याक्रममा नेकपाका प्रदेश इन्र्चाज भिम आचार्य, सामाजिक विकास मन्त्रि जीवन घिमिरेलगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम इटहरी ५ स्थित ज्योती माविको प्राङ्गणमा आयोजना भएको थियो ।