धरान  / सुनसरी क्षेत्र नं १ (१ र २) को प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ । यस्तै निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं १ को ६ करोड बजेट पनि विभिन्न शिर्षकमा विनियोजन गरिएको छ ।
सुनसरी १ मा १३ करोड ५० लाख बजेट निनियोजन भएको छ । जुन बजेट निर्वाचित तथा समानुपातिक सांसदको निगरानीमा आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा खर्च गर्न मिल्छ । यो बजेट खर्चका लागि कुनै टेण्डर आवहा्न गर्नु पदैंन । सांसदको अनुकुलतामा उपभोक्ता समिति बनाएर यो बजेट खर्च गर्न सकिन्छ । तर स्थानीय तहसँग भने अनिर्वाय समन्वय गर्नु पर्ने हुन्छ ।

ja
निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं १ को ६ करोड बजेट विभिन्न शिर्षकमा विनियोजन गरिएको छ । सुनसरी क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद् जयकुमार राईको अध्यक्षतामा जिल्ला समन्वय समिति सुनसरीका सभाकक्षमा बसेको निर्देशक समितिको बैठकले विभिन्न २९ वटा योजनामा बजेट विनियोजन गरेको हो । सुनसरी १ मा एक प्रत्यक्ष र दुई जना सामानुपातिक सांसद रहेका छन् ।
१० लाखदेखि ७० लाख सम्म विभिन्न योजनालाई बजेट विनियोजन गरेको सांसद् राईले जानकारी दिएका छन् । उक्त रमक पूर्वाधार निर्माण तथा विकास निर्माणमा मात्र खर्च गर्न पाउने प्रावधान रहेको छ ।
सुनसरी क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद प्रदिपकुमार भण्डारीको अध्यक्षतामा बसेको बैठकले बजेट विनियोजन गरेको थियो । १ र २ को कुल ३ करोड बजेट रहेको छ । प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत ५० लाख रकम भौतिक निर्माणदेखि सिपमुलक कार्यक्रमसम्मको लागि विनियोजन गरिएको छ । ७ वटा विभिन्न योजनाहरुमाा निनियोजन गरिएको छ ।

73120772_503718953693247_1561611333860851712_n
प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीको प्रदेश निर्वाचन क्षेत्र १ (१) अन्र्तगत छुट्टिएको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट २ करोड ५० लाख रुपैंया धरानका विभिन्न वडामा सडक र ढल निर्माणका लागि विनियोजन गरिएको प्रदेश १ का सभामुखसमेत रहेका सांसद प्रदिपकुमार भण्डारीले जानकारी दिए । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेटबाट १३ वटा योजनाका लागि विनियोजन गरिएको छ ।
यस्तै सुनसरी क्षेत्र नं. १(२)का लागि सांसद भीम आचार्यले धरान, बराक्षेत्र र रामधुनीमा गरि ७ वटा विभिन्न योजनाका लागि बजेट विनियोजन गरेका छन् । उनको पनि प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत ५० लाख र निर्वाचन क्षेत्र पूर्वाधारका लागि २ करोड ५० लाख बजेट रहेको छ ।

यस्तै निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तर्गत समानुपातिक सांसद उमिता बराइलीले ७ वटा योजनाका लागि ५० लाख बजेट विनियोजन गरेकीछन् । प्रदेश १ सरकारले समानुपातिक सांसदका लागि निर्वाचन क्षेत्र विकासका लागि ५० लाख छुट्याएको छ ।
प्रदेश सांसद चन्द श्रेष्ठ र सावित्रा श्रेष्ठको भने निर्वाचन क्षेत्र विशेष कार्यक्रम सार्वजनिक गरिएको छैन् । केही योजनाहरुमा विभाजन गर्न बाँकी रहेकाले सार्वजनिक गर्न ढिलाई भएको सांसद सावित्रा श्रेष्ठले जानकारी दिनु भयो ।
सुनसरी १(१) र (२)मा दुई प्रत्यक्ष निर्वाचितसहित ५ जना सांसद रहेका छन् । उमिता बराइली, सावित्री श्रेष्ठ र चन्द्र श्रेष्ठ समानुपातिक सांसद हुन ।

72560754_2660780653981592_5526713862943932416_n 73513697_2661198453939812_2057709408355352576_n 74337701_2661200187272972_3908376357679136768_n