पोखरा / आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेद्वार सिफारिस गरेको छ ।
उम्मेद्वारका लागि रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई सिफारिस भएकीछन् । रविन्द्र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए ।
हिजो बसेको पार्टीको जिल्ला कमिटी बैठकले भट्टराईको नाम सिफारिस गरेको हो । नेकपाको सचिवालयको बैठकले उपनिर्वाचनका लागि स्थानीय स्तरबाट नाम सिफारिस गरी पठाउन जिल्लाका नेताहरूलाई आग्रह गरेको थियो । बैठकले सकेसम्म उमेद्वारको नाम टुंगोमा पुग्ने गरी पठाउन निर्देशन दिएको थियो ।
जिल्ला नेतामा सहमति नभएका बढीमा तीन जनाको नाम पठाउन भनिए पनि कास्की २ मा भट्टराईको मात्रै नाम सिफारिस भएको छ ।
सो क्षेत्रका तत्कालीन प्रतिनिधिसभाका सांसद अधिकारी मन्त्री पदमा रहेकै बेला हेलिकप्टर दुर्घटनामा परी ०७५ फागुन १५ गते मृत्यु भए पछि कास्की २ मा खाली थियो ।