भोजपुर । शुक्रबार हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा भोजपुरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सरेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको समय नमिले पछि कार्यक्रम सरेको हो ।
यस अघि नेकपा भोजपुरले कार्तिकक ८ गते शुक्रबार मुख्यमन्त्री राईको प्रमुख आतिथ्यतामा शुभकामना आदन प्रदान तथा चियापान गर्ने कार्यक्रम तय गरेको थियो । स्थगित भएको कार्यक्रम शनिबार बिहान ११ बजे हुने नेकपा भोजपुरका संगठन विभाग प्रमुख शरण राईले बताए ।
नेकपाले बडा दशैं, शुभदिपावली, उधौली, नेपाल सम्वत ११४० , ल्होसार तथा छठ पर्व २०७६ को अवसरमा कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम जिल्ला समन्वय समिति भोजपुको सामुदायिक हलमा हुने नेकपा भोजपुर नगर कमिटि सचिव सरण कुमार तामाङले राईले जानकारी दिए । नेकपा भोजपुर नगर कमिटिको आयोजनामा हुने कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण जिल्ला वासीलाई निमन्त्रणा गरिएको छ ।