श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ कार्तिक ७ गते बिहीबार, २४ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको दशमी तिथि १८ः५५ बजेसम्म उप्रान्त द्वादशी, नक्षत्र मघा ११ः४३ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी चन्द्रमाराशि सिंह, सूर्योदय ६ः९ र सूर्यास्त ५ः२५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । नयाँ कार्य योजनाको कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक सङ्कट आइपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । दाम, नाम र इज्जत कमाउने बेला छ । स्वादिष्ट भोजन प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन आर्जनका नया“ स्रोत पत्ता लाग्नेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । लाभदायी यात्रामा सरिक भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका साथीभाइहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । धन आर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सेवामूलक कार्यक्रममा संलग्न भइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा मन जानेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । धर्म–कर्म तथा समाज सेवामा मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु होलान् । रमाइलो वातावरणमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । अचल सम्पत्ति हात पर्ने योग छ । बोलीको प्रभाव बढ्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम गर्ने जोश, जाँगर बढ्नेछ । रमाइलो यात्रामा सरिक भइएला । विपरीत लिङ्गीप्रति आकर्षण बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।