धरान/ अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको निर्देशनमा बनेको नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिशृङ्खला ‘सक्किगोनि’ टिमविरुद्ध उजुरी परेको छ ।

त्यो टिमविरुद्ध मिडिया हबले नेपाल प्रहरीमा कपिराइटको उजुरी हालेको हो । मिडिया हबले भद्रगोलको क्यारेक्टर नक्कल गरेको भरेर कपिराइटको उजुरी हालेको पाँडेले जानकारी दिए ।

महानगरीय प्रहरीपरिसर टेकुले उनीहरू बोलाएको छ । मिडिया हबका प्रमुख सोमप्रसाद धितालले भद्रगोलको चरित्र जस्ताको त्यस्तै सक्किगोनिमा प्रयोग गरेका हुँदा आफूहरूलाई अप्ठ्यारो परेकाले उजुरी दिएको बताए ।

उनले उजुरीमा कुनै क्षतिपूर्तिको माग दाबी भने नगरेको बताएका छन् । मिडिया हबले नेपाल टेलिभिजनबाट भद्रगोलको प्रसारण गरिरहेको छ । मिडिया हबले ‘जेपिटी क्रिएसन’ लाई प्रमुख विपक्षी बनाएको छ ।