मधुमल्ला/ पूर्वी नेपालको उर्लाबारी मधुमल्ला, फुङ्नाम हुँदै पाँचथरको रविसम्म जोडने उर्लाबारी मधुमल्ला रवि सडक सञ्चालनमा आएको छ । गत जेठ अन्यतिरबाट वर्षाका कारण अवरुद्ध बनेको सडक वर्षा सकिएसँगै दशैंपछिबाट सञ्चालनमा आएको स्थानीय दीपक श्रेष्ठले बताए ।
उक्त सडक पूर्वी नेपालको तराईबाट पहाड जोड्ने सबैभन्दा छोटो बाटोको रूपमा परिचित छ । विगत दुई वर्षदेखि ट्रयक खोलेर हिउँद भर साना ४ पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरू सञ्चालन हँुदै आएको उक्त सडक वर्षा शुरु भएपछि बन्द भएको थियो । मधुमल्लाबाट १७ किमी दुरीमा रहेको फुङ्नाम र करिब १० किमी को दूरीमा इलामको चुलाचुली गाउँपालिका तथा वडा नं. ६ दशमी बजार रहको छ । मधुमल्ला उत्तर र फुङ्नाम दक्षिण बिचको चुली खण्डलाई व्यवस्थित गर्न सके वर्षभरि नै सवारी साधनहरू सञ्चालन हुने र मदेशबाट पहाडका बजारहरू दशमी, पञ्चमी, रवि, सप्तमी, यासोक , राँके क्षेत्र र दर्जनांै गाउँका स्थनीयहरूले लाभ लिन सकिने स्थनीय नविन श्रेष्ठ बताउँछन् ।
दशैं लगत्तै सञ्चालनमा आएको उत्त सडकमा यस वर्षबाट ट्याक्टरहरू पनि सामान लिएर मधुमल्लाबाट फुङ्नामसम्म पुग्न थालेको स्थानीय ट्याक्टर व्यवसायी कुमार श्रेष्ठले बताए । श्रेष्ठले भने बर्खाको समयमा दिनभर यात्रा गरेर पुगिने ठाउँमा अब त १ घण्टामै पुगिन्छ । बर्खाको समय मधुमल्लाबाट फुङ्नामसम्म सामान पुर्याउन उर्लाबारी, आइतबारे, दशमी हँुदै लामो बाटो हिंड्नुपथ्र्याे अब त बाटै छोटिए जस्तो भयो, एक घण्टामा आरामले पुगिन्छ ।
उर्लाबारी–मधुमल्ला–फुङ्नाम–रवि सडक सञ्चालनमा आएसँगै स्थानीयहरूलाई दमक, उर्लाबारी र मधुमल्ला क्षेत्रबाट दैनिक उपभोग्य सामग्रीहरू लिएर जान र पाहडमा उत्पादित वस्तुहरू लिएर आउनसमेत सहज भएको स्थानीय अमिर राईले बताए । उक्त सडकको निर्माण कार्य वि.सं. २०२८ सालमा तत्कालीकन शिक्षा मन्त्री नरेन्द्र प्रधानले थालनी गरे पनि हालसम्म पनी उक्त सडकमा उल्लेख्य प्रगति भने हुन सकेको छैन ।
उक्त सडकको स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सके उक्त सडकले पूर्वी नेपालको आर्थिक समृद्धिमा समेत विशेष सहयोग पुर्याउने स्थानीय जानकारहरू बताउँछन् । बिर्तामोड बाट पाँचथरको राँके र उर्लाबारी बाट पाँचथरको राँकेसम्मको दूरीलाई हेर्ने हो भने उर्लाबारीबाट राँके आधा छोटो रहेको बताइन्छ । उर्लाबारीबाट राँकेसम्म करिकब ७५ कि.मि. भन्दा कम दूरी रहेको छ । नियमित रूपमा यस सडकलाई सरकाले पहल गरी दिगो रूपमा सञ्चालनमा ल्याए यसले पूर्वी नेपालका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका स्थानीयहरूलाई प्रत्यक्ष लाभ पु¥याउने जानकारहरू बताउँछन् ।
































