पथरी/ गायक मिलन र गायिका गिता श्रेष्ठले आफ्नो छोरा ग्रेसन श्रेष्ठको जन्मदिन बाल गृहमा गएर अनाथलयका बालबालिका सँग मनाएका छन् ।

शुक्रबार उर्लाबारीमा रहेको नमूनाबाल गृह (अनाथलय)मा रहेका बालबालिकाहरुलाई खाना खुवाएर जन्मदिन मनाएको हो । छोराको जन्मदिनको अवसरमा श्रेष्ठ दम्पतीले अनाथलयमा रहेका बालबालिकाहरुका लागि स्टेशनरी सामान र २५ हजार रुपैयाँ पैसा अनाथलयलाई सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । बाल गृहका अध्यक्ष मिना बरालले पनि खुशी व्यक्तगर्दै रकम बुझेँका थिए ।

सो कार्यक्रममा गायक मिलनका बुबा, आमा, सासु र उनका दाजुभाइको उपस्थिति रहेको थियो ।वर्थ डे अनाथलयमा नै मनाउनुको बारे गायक मिलनश्रेष्ठले भने–‘हामी विदेशमाकार्यरत छौं, चाँडवाड मनाउने क्रममा नेपाल आएका थियौं, यहाँ समय उचित भएको कारण थोरै भएपनि छोराको जन्मदिनमा यस अनाथलयलाई सहयोग गरेका हौं ।’

मोरङको सुनवर्सी नगरपालिकाको केचनामा घरभएका मिलन श्रेष्ठ र गीता श्रेष्ठ ‘मिलनगीता’ नामकएल्वम सार्वजानिक गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।